माछापुच्छ्रे गाउँपालिकाको समृद्धि, संचार माध्यम र आदिवासी जनजाति विषयक अन्तरक्रिया


कास्की : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ घाचोकमा माछापुच्छ्रे गाउँपालिकाको समृद्धि, संचार माध्यम र आदिवासी जनजाति विषयक अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको सहयोगमा माछापुच्छ्रे सामसदायिक अर्गानिक होमस्टे व्यवस्थापन समितिको व्यवस्थापनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङसहित, घाचोकका स्थानीय पर्यटन व्यवासायी, जनप्रतिनिधिसहित देशभरका ५४ जिल्लाका आदिवासी पत्रकारहरुको सहभागिता छ ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाले पर्यटन र समृद्धिका लागि चालेको कदमको जानकारी लिने र संचारमाध्यमबाट पैरवी गरी गाउँपालिकालाई समृद्ध बनाउन सहयोग गरिने जनाइएको छ । समग्र गाउँपालिसकाको समृद्धिका लागि, आर्थिक विकासका लागि, सम्भावित विकासका आयामका बारेमा छलफल गरी संचारमाध्यमबाट प्रचारप्रसारमा सहयोग गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार