इलाममा ट्याक्टर दुर्घटना चालकको ज्यान गयो, दुई घाइते

  नयाँ बुलन्द  166 पटक हेरिएको

इलाम : आइतबार इलाममा ट्याक्टर दुर्घटनामा परी चालकको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् ।

मेची राजमार्ग अन्तरगत इलामको देउमाई नगरपालिका १ देउरालीमा विहान करिब सवा ९ बजे दुर्घटना हुँदा ट्याक्टरका चालक  देउमाई नगरपालिका २ भदौरेका २६ वर्षीय सुमन गुरुङको घटनास्थलमै ज्यान गएकव प्रहीले जनाएको छ ।

पाँचथरबाट इलामतर्फ आउँदै गरेको को १ त ४२६७ नम्बरको ट्याक्टर ट्रनिङमा अनियन्त्रित भई रोडबाट करिब ६० मिटर तल झरेको जिल्ला प्रही कार्यालय इलामले जनाएको  छ ।

दुर्घटनामा परी ट्याक्टरमा सवार इलाम नगरपालिका ८ का १५ वर्षीय लिला आचार्या र ताप्लेजुङ याङुदङ्वा नगरपालिका ६ का १७ वर्षीय रविन शंकर घाइते भएका छन् । आचार्यको वाँया खुट्टा सुन्निएको र दाईने हातमा चोट लागेको छ भने छ भने शंकरको टाउको, दाईने हात र कम्मरमा चोट लागेको छ । उनीहरुको झापाको मनमोहन अस्पताल उपचार भईरहेको प्रहररीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार