८६० वटा सवारी नियम उल्लंघन गर्ने कारवाहीमा

  नयाँ बुलन्द
0 Shares

इटहरी : १ नं. प्रदेशका १४ जिल्लामा २४ घण्टामा ८ सय ६० वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ८६० वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन ।

जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३२ जना,
मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १७ जना,
विना हेल्मेट मोटरसाईकल चलाउने ७ जना,
क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ११७ जना,
सवारी चालक अनुमति पत्र नभएका ४५ जना,
सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन ४६ जना,
जथाभावी पार्किङ्ग गर्ने ३२ जना,
रोक्न निषेधमा सवारी साधन रोकेको ३८ जना,
पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको ६२ जना,
सुरक्षा पेटी नबाधेको १७ जना,
कागज पत्र साथमा नराखेको १७४ जना,
ट्राफिक ईशारा उल्लघंन गरेको ८ जना,
सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ३६ जना,
तिब्रगतिमा सवारी चलाएको २९ जना,
हर्न निषेधमा हर्न बजाएको २ जना,
ढोका खुल्ला गरी सवारी साधन चलाएको ३२ जना,
हद भन्दा बढी मालसामान ढुवानी गरेको ४६ जना,
लापरवाही साथ सवारी साधन चलाएको ११४ जना,
रुट परमिट बिना सवारी चलाएको ६ जना गरी जम्मा ८ सय ६० जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन ।

यसै गरी सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको छ ।

मिति २०७५।१०।२१ गते यस कार्यालय तथा मातहत समेतको १४ जिल्लामा दुर्घटना न्यूनीकरणको लागि विभिन्न सवारी चालक, सर्वसाधारण, विद्यार्थीहरुलाई ६३ वटा सचेतनामुलक कार्यक्रम संचालन गरी १५८५ जनालाई सचेतनामुलक प्रशिक्षण गर्नुका साथै १०५० प्रति सचेतनामुलक पर्चा पम्प्लेट वितरण गरिएको थियो ।

मिति २०७५।१०।२१ गते समुदाय–प्रहरी साझेदारी अन्तर्गत यस कार्यालय तथा मातहत कार्यालयहरुबाट बसपार्कमा रहेको चालक र सह-चालकहरुलाई सवारी साधन गुडिरहेको अबस्थामा ओभरटेक गर्ने र ओभरटेक गर्न दिने सवारी साधनहरुमा साईड दिने तर्फको सवारी साधनले बाँया तर्फको साईट लाईट बाली उचित स्थानमा मात्र साईड दिने र दाँया तर्फको सवारीले दाहिने साईड लाईट बालेर मात्र ओभरटेक गर्ने र ओभरटेक गरि सकेपछि बाँया साईड लाईट बाली आफ्नो लेनमा जानु पर्ने अन्तर्राष्ट्रिय प्रचलन अनुसार सोही नियमलाई अनुशरण गर्न ६० स्थानमा १५४३ जना चालकर सहचालकहरुलाई प्रशिक्षण गर्नुका साथै २६ जना सरकारी सवारी चालकहरुलाई समेत प्रशिक्षण गरिएको प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार