सूर्योदय नगरपालिकामा मातृत्व एवं बाल क्लिनिक निर्माण हुने

  नयाँ बुलन्द
0 Shares

काठमाडौँ : इलामको सुर्योदय नगरपालिकामा जापान सरकारले मातृत्व एवं बाल क्लिनिक निर्माण गर्ने भएको छ ।

शुक्रबार नेपालस्थित जापानी राजदूतावासका प्रतिनिधि युजो योसिओकाले उक्त स्वास्थ्य केन्द्र निर्माण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा नगरपालिकाका प्रमुख रणबहादुर राई र नेपालका लागि जापानी राजदूताबासबीच सहमतिमा हस्ताक्षर भएको निरोज पौडेलले जानकारी दिए ।

मानव सुरक्षा परियोजनाहरूको लागि अनुदान सहायता नामक कार्यक्रम Grant Assistance for Grassroots Human Security Projects (GGP) मार्फत सोको निर्माणका लागि आर्थिक व्यवस्था गर्ने भएको छ ।

जापान सरकारको सो योजनाले उक्त क्लिनिक निर्माणका लागि ८४ हजार २७७ डलर (करिब ९२ लाख रुपैयाँ) प्रदान गर्ने भएको छ । जापान सरकारले सुर्योदय नगरपालिकास्थित फिक्कल र त्यस आपसका स्थानीयहरुको स्वास्थ्य अवस्थामा सुधार होस भन्ने उद्देश्यले यो परियोजनाको लागि जिपीपीमार्फत आर्थिक सहयोग प्रदान गरेको हो ।

जापान र नेपालीबीचको सम्बन्धलाई यो परियोजनाले झनै प्रगाढ बनाउने विस्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार