विमान चढ्ने आशामा हौसिएका इलामबासी काम रोकिँदा निराश

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम सदरमुकाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको काम ठप्प बनेको छ ।

पर्याप्त बजेट विनियोजित नहुँदा विमानस्थल निर्माणमा थप अन्योल देखिएको हो । विमान चढ्ने आशामा हौसिएका इलामबासी काम रोकिँदा निराश बनेका छन् ।

गत जेठ महिनामा तारा एयरको बिमान इलामको आकाशमा फन्को मार्दै सफल अवतरण हुँदा इलामबासीमा कम्ता खुसी छाएको थिएन ।

विमानबाट छिट्टै राजधानी पुग्न पाइने विश्वास स्थानीयको थियो ।

तर परीक्षणपछि विमानस्थलमा कामको प्रगति नहुँदा निराशा देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ५ करोड बजेट विनियोजन गरेको छ ।

तर विमानस्थल सम्पन्न गर्नुको लागि २५ करोड लागत लाग्ने अनुमान गरिएको छ । जसमा धावनमार्ग कालोपत्रेका लागि मात्रै २० करोड रुपैयाँ खर्च चाहिन्छ ।

नियमित बिमान उडानका लागि टावर, मेची राजमार्गसम्म जोड्ने सडक कालोपत्रे गर्ने लगायतका काम बाँकी नै छन् ।

पहिले पहिले ठूलो उत्साह भए पनि अहिले निराशा देखिन थालिएको स्थानीय गायत्री गौतमको गुनासो छ ।

विसं २०५८ सालदेखि निर्माणको चर्चामा रहेको विमानस्थल अझै पनि सम्पन्न हुन सकेको छैन ।

पर्याप्त पर्यटकीय स्थलहरुको बाहुल्यता रहेको इलाममा सरकारले अन्य पूर्वाधार निर्माणमा पनि खासै चासो देखाएको छैन ।

पर्यटकीय क्षेत्रको बहुसंभावित इलाममा विमानस्थल निर्माणमा आलटाल गर्नुले यस क्षेत्र पनि प्रभावित भइरहेको छ ।

सरकारले चासोमा राखेर सहयोग गरेमा एक वर्षमै काम सम्पन्न हुने स्थानीयको धारणा छ ।

धावनमार्गलाई ग्राभेल गर्ने र टर्मिनल भवनलगायत अत्यावश्यक पूर्वाधार वनाउने हो भने एक वर्षमा नियमित उडान गर्न सकिने बताइएको छ ।imagekhabar बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार