झापा : सबैको चासो र खुुुलदुलीको विषय यतिबेला इलामको आकासमा उडिरहेको हेलिकप्टरको रहेको छ ।प्रायः गरेर बेला बेला मात्र इलामको आकाशमा देख्न पाईने हेलिकप्टर आहिले केहिदिन यता दैनिक २/३ पटक नै देख्न पाईरहेको छ र यसले गर्दा इलामेहरुलाई खुल्दुली र चासो शिर्जना गरेको छ । ठुलो आवाज आउने बितिकै सबैको ध्यान आकाश तर्फ केन्द्रित हुन तर हेलिकप्टर उड्नुको रहस्य भने छुटै रहेको पाईएको छ । जुुुन हो झापा मा भैइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जहाँ हेलिकप्टर चढ्नेको संख्या बढ्दै गएको छ । महोत्सवको आकर्षणका रुपमा माउण्टेन एयरको हेलिकप्टर ल्याइएसँगै हेलिकप्टर चढेर विभिन्न स्थान अवलोकन गर्नेहरुको संख्या बढेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य रोशन प्रसाईंका अनुसार हेलिकोप्टर प्रत्येक दिन ९ पटक बिर्तामोड अवलोकनका लागि मात्र उड्दैछ । यो ५ देखि ८ मिनेटसम्मको प्याकेज हो । त्यस्तै झापाका अन्य स्थान अवलोकन गर्नेहरुका लागि पनि १२ मिनेटको प्याकेजमा हेलिकप्टर जाने गरेको उनले सुनाए ।
हेलिकप्टर चढ्नेमा बालबालिकादेखि युवावस्थासम्मका छन् । सोमबार दिउँसो बिर्तामोडका ९७ वर्षीय छविलाल रिजालले समेत हेलिकप्टरबाट बिर्तामोड अवलोकन गरे ।
तेस्रो प्याकेजका रुपमा महोत्सव आयोजक समितिले बिर्तामोडदेखि ताप्लेजुङको पाथीभरा देवीको मन्दिरसम्मको उडान तय गरेको छ । त्यसमा हालसम्म ३ पटक उडान गरिएको प्रसाईंले जानकारी दिए । ‘अब २ ट्रिप ताप्लेजुङ जाँदैछौँ’, उनले भने, ‘अझै ३० ट्रिप हुने गरी मान्छे तयार छन् तर मौसमले गर्दा ताप्लेजुङ चाहिँ जान नसकिने अवस्था छ ।’
महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम सञ्चालन भइरहेको छ । सोमबार दिउँसो बिर्तामोडस्थित टावर टेम्पल बोर्डिङ स्कूलका विद्यार्थी र बिर्तामोडका कलाकार विशाल श्रेष्ठले सांगीतिक प्रस्तुति दिएका थिए । साँझमा भने झापाका चर्चित गायक प्रेम आङ्देम्बे र मुलुककै ख्यातीप्राप्त गायिका मेलिना राईको बेजोड प्रस्तुति रहेको थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सव शुक्रबारदेखि सुरु भएको हो । २१० वटा स्टल रहेको महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेको संख्या बढ्दो क्रममा रहेको महोत्सव सचिवालयका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताए ।epurwa को सहयोगमा ।

















































