काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रमुख प्रतिपक्षीलाई बेवास्ता गरेर संसद चलाउन खोजे त्यसपछिका दिनहरु सभामुखका लागि सहज नहुने चेतावनी दिएका छन् ।
बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षीसँग छलफल गरेर संसदमा गएको मंगलबारको जस्तो अवस्था दोहोरिन नदिने अपेक्षा आफूहरुले गरेको बताए ।
तर, पेलेरै जाने, मुठभेड नै निम्त्याउने हो भने कांग्रेससँग पनि जवाफ दिनुको विकल्प नहुने उनले उल्लेख गरे ।
चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चाहने हो भने डा. केसीका माग पूरा गर्दै निकास खोज्नसकिने भन्दै त्यसो हुन नसके प्रधानमन्त्रीप्रतिको विश्वास घट्ने बताए ।
प्रधानमन्त्री ओली नेपाल फर्किएपछि संसदको कारबाही अघि बढाए मुठभेडको अवस्था टार्नसकिने थापाको भनाइ थियो ।