के:लाङको उपाधि के:सामी वासाङ्गुलाई

  नयाँ बुलन्द
0 Shares

पाँचथर :  पाँचथरको कुम्मायक गाउँपालिकामा आयोजित के:लाङ (च्याब्रुङ नाच) प्रतियोगिताको उपाधि के:सामी के:लाङ सयङ नेपाल वासाङ्गु आङ्सराङले हात पारेको छ ।

उपाधिसँगै के:सामीले नगद ५ पाँद्ब हजार रुपैयाँसहित प्रमाण्पत्र प्राप्त गरेको छ ।

प्रतियोगिता कक्फेक्वा तङ्नाम (माघे संक्रान्ति) को अवसरमा सुम्हालुङ युवा क्लव कुम्मायक-२ ले आयोजना गरेको हो।

भर्खरै स्थापना भएको के:सामी के:लाङ सयङ नेपालको यो पहिलो प्रतियोगिता भएको क्लवका अद्यक्ष प्रत्युष कुरुम्बाङले जानकारी दिए ।

संस्थाका संरक्षक तथा कलाकार द्वय मिक्सेन कुरुम्बाङ र हिमालयबिक्रम कुरुम्बाङ लिम्बू जातिका संस्कार तथा संस्कृतिहरुलाई संरक्षण र सम्वर्धन गर्न आजीवन खटिरहने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार