पत्रकार धम्काउने वीएण्डसीका संचालक प्रसाईंलाई कारवाहीको माग

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा अनशनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका वी एण्ड सी अस्पताल विर्तामोडका संचालक दुर्गा प्रसाईंले पत्रकारलाई धम्कएको प्रति पत्रकार महासंघ इलाम शाखा र प्रेस युनियनले आपत्ति जनाएको छ । वी एण्ड सी अस्पतालका तर्फबाट डा.केसीलाई भेट्न आएका चैतन्य मैनालीका बारेमा पत्रकारले टेलिफोनमार्फत संचालक प्रसाईंसँग बुझ्न खोज्दा अपशब्द बोल्दै अपमान गरेका हुँन ।

प्रसाईले  कान्तिपुर संवाददाता विप्लब भट्टराई लगायतका पत्रकारलाई टेलिफोनमा गाली गर्दै धम्काएको प्रति महासंघ र युनियनले छुट्टाछुट्टै बिज्ञप्ती प्रकाशित गरि आपत्ति जनाएको हो ।

इलाममा अनशनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका वी एण्ड सी अस्पताल विर्तामोडका संचालक दुर्गा प्रसाईंले भट्टराई लगायतका पत्रकारलाई धम्काएको घटनाले सिंगो पत्रकारिता जगतकै अपमान भएको पत्रकार महासंघ इलाम शाखाले निकालेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । महासंघ अध्यक्ष कोकिला ढकालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा समाचारमा चित्त नबुझे कानुनी उपाय खोज्ने बाटो हुँदा हुँदै पत्रकारलाई धम्कयाउने प्रसाईलाई कानुनी कारवाही गर्न माग गरिएको छ । सोही विषयलाई लिएर नेपाल प्रेस युनियन इलाम शाखाले घोर आपत्ति प्रकट गरेको छ ।

सचिब टीका खतिवडाद्वारा जारी विज्ञप्तीमा प्रसाईंको अभिब्यक्ति प्रेस माथिको धावा बोलेको र हर्कत प्रदर्शन गरेको भन्दै युनियनले निज प्रसाईंलाई कारवाहीको माग गरेको छ ।

लोकल सन्देशबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार