सूर्योदय नगरपालिकाले चिया सम्वन्धी स्थानीय पाठ्यक्रम विकास गर्ने

  नयाँ बुलन्द
0 Shares

इलाम : चियाको दीगो विकासमा सहयोग पुर्याउने उद्देश्यले इलामको सुर्योदय नगरपालिकाले चिया सम्बन्धी स्थानीय पाठ्यक्रम विकास गर्ने भएको छ । नगरपालिकाको ३१ औं कार्यपालिकाको बैठकले चिया सम्वन्धी पाठ्यक्रम विकास गर्ने निर्णय गर्दै एक अध्ययन टोली गठन गरेको छ ।

अध्ययन टोलीमा सूर्योदय नगर शिक्षा शाखा संमोजक रहनेछ । सदस्यहरुमा चिया तथा कफी बिकास बोड, घरेलू तथा साना उद्योग प्रतिनिधि, आर्थिक विकास संमोजक र चिया सम्बन्धी विज्ञ रहनेछन् ।

नगरपालिकाले कक्षा ६ देखि ८ सम्म अध्यापन गराउन पाठ्यक्रम र पाठ्यपुस्तकको विकास गर्नेछ । त्यसका लागि टोलिले काम गर्नेछ ।

चियाको दीगो विकासको निम्ति जरूरी भएको हुनाले स्थानीय पाठ्यक्रममा समावेश गर्न लागेको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार