केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : डा. गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।

‘सोलिडारिटी फर डा. केसी एलाइन्स’ले डा. केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै शनिबार प्रदर्शन गरेको हो ।

सो संस्थामा आबद्धहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’, ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

सरकारले विगतमा डा. केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उनीहरुको माग रहेको छ ।

सरकारले आफूसँग गरिएको सहमतिअनुरुप विधेयक नभएको भन्दै गत पुस २५ गतेदेखि इलाममा गइ डा. केसी अनशनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार