डा. केसीको स्वास्थ्यमा समस्या, केसीको समर्थनमा इलामबासी सडकमा (भिडियो सहित)

'सरकारले धोका दियो' : डा. केसी 

  नयाँ बुलन्द
0 Shares

इलाम : चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।

बुधबारदेखि इलाम नगरपालिकाको फूलगाछीमा सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्थामा गएरातिदेखि समस्याा आएको हो । डा. केसीकोे शरीरमा पसिना आउने तथा छाती दुख्ने समस्या सुरु भएको छ । रक्तचाप कम हुँदै गएको छ ।

स्वास्थ्यमा समस्या आएपछि इलाम अस्पतालको चिकित्सकहरुले डा. केसीको स्वास्थ्य परीक्षण गरेका छन् । चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने बताएका छन् । तर डा. केसीले सुगरको परीक्षण गर्न मानेनन् ।

डा. केसीको समर्थनमा इलामबासी सडकमा

डा. केसीको माग जायज भएको भन्दै इलामबासी सडकमा उत्रिएका छन् । डा. केसीको समर्थनमा शुक्रबार पनि इलामबासीले मौन र्याली निकालेका छन् । डा. केसी सत्याग्रह बसेको स्थान इलाम नगरपालिका फुलगाछिबाट निस्केको र्यालीले इलाम बजार परिक्रमा गरेको थियो ।

‘डाक्टर तिमी एक्लै छैनौ’, ‘डाक्टर केसीको माग पूरा गर’, ‘आइ एम विथ डा. गोविन्द केसी’ लगायत नारा लेखिएको प्लेकार्ड सहित महिलाहरु स्वस्फूर्त रुपमा र्यालीमा सहभागी भएका थिए । गत १० साउनमा सरकारसँग भएको सहमति विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा. केसीले ६ बुँदे मागसहित इलाममा सत्याग्रह सुरु गरेका हुन् ।

‘सरकारले धोका दियो’ : डा. केसी 

डा. गोविन्द केसीले सरकारले पटक पटक गरेको सम्झौता कार्यान्वयन नगरेर तीन करोड नेपालीलाई धोका दिएको बताएका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा सत्याग्रहमा बसेका डा. केसीले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिदैँ सरकारले सम्झौता अनुसार काम नगरेर नागरिकलाई पटक पटक धोका दिएको गुनासो गरे । सम्झौता भनेको इमान्दारीता पनि भएको बताउँदै नेताहरुले कालो धनलाई सेतो बनाउन नागरिकलाई धोका दिएको हारोप लगाए ।

हालै शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट पारित गरी संसदमा दर्ता गराएको चिकित्सा विधेयकमा कतिपय बुँदा माफियामुखी राखेको उनले आरोप लगाए । उनले आफूसँग माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएपनि यसमा निश्चित निजी मेडिकल कलेजमा नेताहरुको लगानी रहेकाले उनीहरुको पक्षमा काम गरेको आरोप लगाए । उनले अरु कार्यदलको बुँदा घुसाउने गरी समितिले प्रतिवेदन दिएको प्रतिक्रिया दिए । ‘प्रतिवेदन तोडमोड गरेर माफियाको पक्षमा ल्याइएको छ’ उनले भने ।

उनले बिशिष्टि शिक्षा विद्हरुले नौ महिना अध्यायन गरेर तयार पारेको प्रतिवेदन ओझेलमा पारेको गुनासो समेत गुरे । सरकार पेलेर लाग्ने मानसिकताले ग्रसीत भएको भएपनि आफू कुनैपनि हालतमा पछि नहट्ने दोहोर्याए ।

यस्ता छन् डा. केसीका ६ बुँदे माग ?

इलाममा आमरण अनसन (सत्याग्रह) थालेका डा. केसीले ६ वटा मागहरु अघि सारेका छन् । केसीका माग यी हुन्–

१) १५ औं सत्याग्रहका क्रममा ०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् ।

२) गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थानमै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्रिपरिषदको निर्णय बाबजुद चोरबाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वीपहाडका ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममा । सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा । सुदुरपश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४) निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तरराष्ट्रिय कानुनअनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्‍याइयोस् ।

६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार