सिमकोटको तापक्रम बिहान माइनस १३ डिग्री सेल्सियस

  नयाँ बुलन्द
0 Shares

हुम्ला : पश्चिमी वायुका कारण हुम्लाको उच्च हिमाली भेगमा शनिबार रातिदेखि हिमपात भएको छ। राति साढे ४ बजेदेखि भएकाले सदरमुका सिमकोटको तापक्रम बिहान माइनस १३ डिग्री सेल्सियस पुगेको छ। मौसमविदहरुका अनुसार बिहानदेखि नै मौसम बदली भएकाले दिनभर हिमपात हुने सम्भावना रहेको छ ।

हिमपातसँगै बढेको चिसोका कारण सदरमुकाम सिमकोटका साथै लिमी मुचु खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँका जनजीवन प्रभावित भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुगानले बताए। ती क्षेत्रमध्ये केहीमा वर्षा पनि भएको छ ।  यस क्षेत्रका पानी पनि जमेको छ ।

पानी जमेकाले खानेपानीको समस्या भएको कैैलाश बोद्धी बोर्डिङ स्कुलका शिक्षक मिगुर लामाले बताए। चिसो बढेपछि एसइई परीक्षको तयारी गरिरहेका विद्यार्थीहरु प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार