प्रधानमन्त्रीलाई शुक्रबार गर्ने नागरिक अभिनन्दन कार्यक्रम नेपाली कांग्रेस इलामले बहिष्कार गर्ने

ओलिलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीको संज्ञा

  नयाँ बुलन्द
0 Shares

इलाम  : प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार (आज) गर्ने नागरिक अभिनन्दन कार्यक्रम नेपाली कांग्रेस इलामले बहिष्कार गर्ने भएको छ । इलाम नगरपालिकाले आज हुने लगानी सम्मेलनको क्रममा प्रधानमन्त्री ओलिलाई नागरीक अभिनन्दन गर्दैछ ।

ओलिलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीको संज्ञा दिँदै इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार गर्न काँग्रेसले बिहीबार अपिल गरेको हो । वर्तमान सरकार दुई तिहाईको दम्भ र अधिनाकबादी शासनका कारण असफलता तर्फ उन्मुख भइरहेका आरोप लगाउँदै हत्या, हिँसा, बलात्कार तस्करी र भ्रष्टचारलाई मलजल र संस्थागत गरेर जनतामाझ मात्र नभइ आफनै पार्टीभित्र समेत आलोचित प्रधानमन्त्री ओलीलाई इलाम नगरबासीले तिरेको करको दुरुपयोग गर्दै आफना कार्यकर्ता भरण पोषण गर्न नागरिक अभिनन्दन गर्ने निर्णयले नगरबासी तथा इलामबासीको चेतनाको अवमुल्यन र मानमर्दन गरेको काँग्रेसले जारी गरेको अपिलमा उल्लेख छ ।

१७ बुँदे अपिल जारी गर्दै काँग्रेसले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई माफियाकरण गरेको, निर्मला पन्त हत्याकाण्डका दोषीलाई कारबाहीको दायरामा नल्याई गैर जिम्मेबारपुर्ण अभिव्यक्ती दिएको लगायतका आरोपहरु कांग्रेसले लगाएको छ । नेपाली कांग्रेसका सभापती हिमालय कर्मचार्यले काँग्रेसका नेता एवम कार्यकर्तालाई ओलीको अभिनन्दन बहिष्कार गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार