गोविन्द केसी इलाममाः अनसन कहिलेबाट ? यस्तो छ पछिल्लो ट्विट

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गर्दै पटकपटक आमरण अनसन बसेका डाक्टर गोविन्द केसी चिकित्सा क्षेत्रमा सुधार गर्नुपर्ने माग राख्दै पुनः अनसन बस्न इलाम पुगेका छन् ।

सरकारले तोकिएको समय सीमाभित्र माग पूरा नगरेपछि केसीले भोलिबाट इलाममा अनशन सुरु गर्ने भएका छन्। अनशनको तयारीका लागि डाक्टर केसी इलाम पुगिसकेको उनका सहयोगी डाक्टर अभिषेक सिंहले जानकारी दिए। डाक्टर सिंहका अनुसार डाक्टर केसीले बुधवारदेखि अनशन बस्ने तयारी छ।

डाक्टर केसीले १५ औं अनशन कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाबाट गरेका थिए। त्यो अनशन २७ दिनपछि टुंगिएको थियो। १५ औँ अनशन सकिएको चार महिना बितिसक्दा पनि कुनै सम्झौता कार्यन्वयन नभएपछि डाक्टर केसीले अर्को अनशन सुरु गर्ने तयारी गरेका हुन्।

‘अनशनको तयारीका लागि नै उहाँ इलाम पुगिसक्नु भएको हो,’ उनले भने, ‘आज उहाँले दिएको अल्टिमेटम सकिएकाले भोलिबाट अनशन सुरु गर्ने तयारी भएको हो।’ डाक्टर केसीको यो १६ औँ अनशन हो।

डा केसीले सरकारसँग ३ बुँदे माग राखेका छन्।

पहिलो बुँदामा केसीले सातै प्रदेशमा मेडिकल कलेज खोल्ने कार्य थाल्छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न लगायतका माग राखेका छन् ।

यस्तै दोस्रो मागमा केसीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनामा संग्लग्नलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन समेत माग गरेका छन् ।

केसीले तेस्रो मागमा सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

Abhishek Raj Singh@seeuabhishek

१६ औ सत्याग्रहको लागि डा गोबिन्द केसीले दिनुभयको अल्टिमेटमको आज अन्तिम दिन भयकाले डा केसी सत्याग्रहको तयारीको लागि पुर्बी नेपालको इलाम पुगिसक्नुभयको छ र यसपालिको लडाइँ इलामबाट लडने हुनुभयको छ।
आशा छ सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुनेछ!

See Abhishek Raj Singh’s other Tweets

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार