इलाम : कुनै पनि याेजना संचालनका लागि विभिन्न प्रक्रिया अपनाउनुपर्ने हुन्छ । योजना छनौटदेखि फरफारकसम्म विभिन्न चरण पूरा गर्नुपर्ने हुन्छ । ती सबै चरणका बारेमा सबैलाई जानकारी नहुन सक्छ । योजना संचालन प्रक्रिया र चरणका बारेमा अनविज्ञताकै कारण उपभोक्ता समितिहरुले दु:ख पाइरहेका छन् ।
तर इलामको माङसेबुङ गाउँपालिकामा भने त्यो समस्या समाधान हुने भएको छ । माङसेबुङ गाउँपालिकाले उपभोक्ता समितिहरुलाई योजना संचालनका बारेमा तालिम सुरु गरेको छ।
गाउँपालिकाले सोमबारदेखि उपभोक्ता समितिहरुका लागि अभिमुखीकरण सुरु गरेको छ। गाउँपालिका र वडास्तरका योजना संचालनका लागि गठित उपभोक्ता समितिहरुका लागि एक दिने अभिमुखीकरण २ नम्बर वडाबाट सुरु गरेको छ । कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले गरेका थिए ।
अभिमुखीकरणमा योजना संचालनका सबै प्रक्रियाका बारेमा जानकारी गराइने गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।