महोत्सवमा प्रवेश शुल्क नलाग्‍ने, साँस्कृतिक कार्यक्रमका लागि साँझ ५ बजेपछि टिकट सुरु हुने

नयाँ बुलन्द समाचार प्रभाव

  नयाँ बुलन्द
0 Shares

फाइल तस्वीर

इलाम : इलाममा संचालित मेची क्षेत्र पर्यटन महोत्सवमा सोमबारदेखि प्रवेश शुल्क नलाग्‍ने भएको छ ।

आयोजकले प्रवेशद्वारमा लिदैं आएको प्रवेश शुल्क संचारमाध्यम, स्टलका व्यवसायी र जिल्लावासीको व्यापक विरोधपछि आयोजकले फिर्ता लिएको हो । अब महोत्सव अवलोकनका लागि प्रवेश गर्न कुनै शुल्क लाग्‍ने छैन ।

यसअघि गत ६ पुसमा नयाँ बुलन्द डटकमले  ‘महोत्सवमा प्रवेश नै नगरी शुल्क ! पर्यटक नै आएनन् : व्यवसायी‘ शीर्षकमा भिडियो सहित समाचार प्रकाशन र नयाँ बुलन्द टिभी युट्युव च्यानलले मेची पर्यटन महोत्सवमा पर्यटक नै आएनन् (भिडियो)  शीषर्कमा एक स्टलकी व्यवसायीको गुनासो प्रशारण गरेको थियो ।

यसका साथै महोत्सवमा आयोजकले शुल्क लिएको विषयमा विभिन्‍न समाजिक संजाल प्रयोगकर्ताहरुले विरोध  गर्दै फिर्ता लिन सुझाव दिएकव थियो । यसरी विभिन्न क्षेत्रबाट आएको सुझावलाई स्वागत गर्दै महोत्सवमा विहानैदिख लिदैं आएको शुल्क साँस्कृतिक कार्यक्रमका लागि साँझ ५ बजेदेखि मात्र टिकट सुरु गरिने आयोजक इलाम पर्यटन सरोकार समितका महासचिव देवी पौड्यालले जानकारी दिए ।

यसअघि आयोजकले प्रतिव्यक्ति ५० रुपैयाँ र विद्यार्थीका लागि प्रतिविद्यार्थी २० रुपैयाँ शुल्क लिदैं आएको थियो । आयोजकले प्रवेशद्वारमा नै सुरक्षा गार्ड राखेर शुल्क उठाउँदै आएको थियो ।

आयोजकले साँस्कृतिक कार्यक्रमका लागि शुल्क लिएको दावी गरेपनि विहानैदेखि प्रवेशद्वारमा पर्यटकसँगशुल्क लिनुले आयोजकले घुमाउरो पारामा महोत्सवकै शुल्क लिइरहेको थियो । साँस्कृतिक कार्यक्रम भने प्रत्येक दिन साँझ ७ बजेपछि मात्र संचालन हुँदै आएको छ ।  साँझको कार्यक्रमका लागिस विहानैदेखि टिकट संचालन गरेकाले आयोजकले आलोचना खेप्दै आएको थियो । दिउँसो महोत्सव अवलोकनका लागि मात्र आउने पर्यटकलाई समेत साँस्कृतिक कार्यक्रमका लागि भन्दै शुल्क लिइएपछि सुरुदेखि नै विरोध सुरु भएको थियो ।

साँस्कृतिक कार्यक्रमका लागि मात्र शुल्क लाग्‍ने

मेची क्षेत्र पर्यटन महोत्सवमा आयोजकले साँस्कृतिक कार्यक्रमका लागि मात्र शुल्क लिने भएको छ । सुरुदेखि नै महोत्सव प्रवेश शुल्क लिदैं आएको आयोजकले सोमबारदेखि साँस्कृतिक कार्यक्रमका लागि मात्र शुल्क लिने भएको हो । त्यसका लागि साँझ ५ बजेदेखि मात्र टिकट सुरु गरिने आयोजकले जनाएको छ ।

साँझमा हुने साँस्कृतिक कार्यक्रमका लागि प्रतिव्यक्ति ५० रुपैयाँ र विद्यार्थीका लागि प्रतिविद्यार्थी २० रुपैयाँ शुल्क लिइने आयोजकले जनाएको  छ ।  अबदेखि साँझ ५ बजेअघि कुनै शुल्क लाग्ने छैन ।

यस्तो थियो स्टलकी नागरिकको गुनासो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार