वडा सदस्य थापाको निधन

  नयाँ बुलन्द
0 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका–२ निवासी वडासदस्य डम्वरबहादुर थापाको शनिवार निधन भएको छ ।

गतसालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट फाकफोकथुम–२ बाट वडासदस्यमा निर्वाचित ५५ वर्षीय थापाको आफ्नै घरमा निधन भएको हो । पूर्व गाविस अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत भई समाज सेवामा रहनुभएका पौडेलको आइतबार कन्सिरीघाटमा दाहसंस्कार गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरस्वती राई, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी, वडाध्यक्षहरूले उहाँको पार्थीव शरीरमा राष्ट्रिय झण्डा समेत ओडाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार