सार्वजनिक विदा पुनर्स्थापनाको माग गर्दै जनजातिद्वारा माइतीघर घेराउ (फोटो फिचर)

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : आदिवासी जनजातिले आफ्ना चाडहरुमा दिइँदै आएको सार्वजनिक विदा पुनर्स्थापनाको माग गर्दै बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा विभिन्न जातीय समूदायले आफ्ना सांस्कृतिक पर्वमा दिइँदै आएको सार्वजनिक विदा कटौति गरिएको विरोधमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । गुरुङ, तामाङ, शर्पा समुदायको तमु, सोनाम, ग्याल्बो ल्होछार, किरात समुदायको चासोक तङनाम, उधौली, उभौली, मगरलगायतका माघी पर्व, माघे संक्रान्तिको सार्वजनिक बिदा कटौतीको निर्णय फिर्ता गर्नुपर्नेजस्ता प्लेकार्ड, जातीय संस्थाहरुको झन्डा, व्यानरसहित कार्यक्रममा सहभागी भएका थिए ।

विरोध कार्यक्रमपछिको कोणसभामा वक्ताहरुले निर्धनिरपेक्ष मुलुकमा आफ्ना समुदायको चाडपर्वको बिदा कटौती गरेर राज्यले सांस्कृतिक विभेद गरेको आरोप लगाए । उनीहरुले सरकारले बिदा कटौतीको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने समेत चेतावनी दिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन, तमु ह्युल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्) का अध्यक्ष रेशम गुरुङलगायतले सम्बोधन गरेका थिए ।

नेपालका आदिवासी जनजातिको ऐतिहासिक, सामाजिक, सांस्कृतिक पहिचान र सभ्यतासँग जोडिएका चाडपर्व माघे सङ्क्रान्ति, उभौली, तमु ल्होसार, सोनाम ल्होसार, ग्लाल्पो ल्होसारलाई राष्ट्रिय मान्यता र सम्मान स्वरुप दिइँदै आएको सार्वजानिक विदा वर्तमान सरकारले खारेज गरेपछि जनजाति महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । यरकारले गत चैत दोस्रो साता ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिने निर्णय गरेको थियो ।

सरकार सरकारले गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस जस्ता ऐतिहासिक पर्वमा दिइँदै आएका विदासमेत कटौति गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार