निर्मला पन्तको बुवाको मानसिक अवस्था बिग्रँदै , उपचारका लागि काठमाडौं लगियो

  नयाँ बुलन्द
0 Shares

कन्चनपुर : बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बुवाको मानसिक अवस्था बिग्रँदै गएपछि उपचारका लागि काठमाडौं लगिएको छ ।

छोरीको न्यायको माग गर्दै कन्चनपुरस्थित जिल्ला प्रशासन कार्यालयअगाडि विगत १४ दिनदेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज पन्तको स्वास्थ्यसँगै मानसिक अवस्था पनि बिग्रँदै गएपछि उपचारका लागि शनिबार काठमाडौं लगिएको हो ।

डिप्रेसनको समस्याले ग्रस्त यज्ञराजमा चार/पाँच दिनदेखि रातभरि नसुत्ने, बर्बराउने समस्या देखिएको छ ।

छोरीको नाम लिँदै रुँदै गालीगलौज गर्दै हिँड्न थालेपछि परिवारका सदस्यसमेत चिन्तित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार