फूल खेतीबाट मनग्ये आम्दानी

माङसेबुङ : माङसेबुङ गाउँपालिका ५ का वडाबासीले फूल खेतीबाट मनग्ये आम्दनी लिन थालेका छन् । तिहारलाई लक्षित गरी लागाइने सिजने खेती सयपत्री फूल खेतीबाट आम्दानी लिन थालिएको श्रीप्रसाद तुम्बापोले बताए ।

तुम्बापोले गत वर्षबाट व्यवसायिक फुलखेती सुरुवात गरेका हुन् । थोरै लगानीमा धेरै आम्दानी हुने फूलको तिहारमा अत्याधिक माग हुने उनले बताए । माङसेबुङमा मात्र वार्षिक रुपमा ठूलठूला कर्यक्रम हुने भएकाले फूल सहजै खपत हुने उनी बताउँछन् । कार्यक्रमका अलवा नजिकको बजार साथै दमक र विर्तामोडम्म लगेर बेच्ने गरेको उनको भनाई छ ।

फूल खेतीबाट आम्दानी हुन थालेपछि यहाँका अधिकांश फूल खेतीमा आकर्षित हुन थालेका छन् । अर्की फूल व्यवसायी मन्जु आङबुहाले पनि फूल रोपेकी छन् । यसपालि तिहार अलि ढिलो भएकाले पोहोरको तुलनामा भने केही कममात्र आम्दानी हुने बताउँछिन् ।

अझ हिउँदमा पानी हुने हो भने बाह्रैमास पनि फूलखेती गर्न सकिने अङ्बुहाङ्को भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार