निर्मलाहरुको न्यायको लागि सडक बहस इलाममा सम्पन्न

इलाम : सरकारको लापरवाहीका कारण दोषीले समाजमा खुलेआम हिड्न पाईरहेको बलत्कार विरुद्ध महाअभियानकी अभियान्ता सावित्री सुवेदीले बताइन ।

शुक्रबार इलाम सदरमुकामको लाखुरी चौतारामा सम्पन्न भएको निर्मलाहरुको न्यायको लागि सडक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

नेपाल सरकारले दुई तिहाईको बहुमत छ भन्ने घमण्ड गरेको आरोप लगाउदै अभियान्ता सुवेदीले भनिन प्रतिपक्षले समेत यही घटनालाई मुख्य आधार बनाएर सरकार ढाल्ने प्रयास मात्र गरेको छ । पुलिस , प्रशासन र राजनितिक दलका व्यक्तिहरुले यस घटनालाई गम्भिर रुपमा नलिएकै कारण पिडितले न्याय पाउन नसकेको उनको भनाई छ ।

यता प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले भने घटनाको विषयमा अनुसन्धान भएरै छाड्ने बताए । उनले सम्पूर्ण नागरिकलाई प्रतिक्षा गर्न आग्रह गर्दै सरकारले लाचारीपन नदेखाउने र पिडितले ढिलै भए पनि न्याय पाउनेछ भन्नेमा विश्वस्त हुन सबैलाई आग्रह समेत  गरे ।

बलत्कारीलाई फाँसी दे , हत्यारालाई कारवाही गर , नेपाली जनतालाई बाच्ने अधिकार दे , छोरी चेलीलाई सुरक्षा दे लगायतका ल्पेल कार्ड सहित बहस कार्यक्रम सम्पन्न भएको हो । करिब १२० जना सचेत युवाहरुको सहभागीतामा सम्पन्न भएको वहस कार्यक्रममा जिल्ला सम्वनय समिति इलामका प्रमुख गणेश प्रसाद बराल , कानुन व्यवसायी वीर बहादुर खड्का र महिला जागरण संघका कमला घिमिरे लगायतले बोलेका थिए ।

कार्यक्रममा  भरोषा नेपाल , महिला जागरण संघ , युवा समिति लगायत सात वटा विभिन्न संघसस्थाहरु कानुन व्यवसायी सम्बन्धित पक्षका सरोकारवाला निकायका व्यक्तिहरुको सहभागीता रहेको थियो । प्रदेश नम्बर एकमा इलामबाट सुरु गरिएको सडक वहस कार्यक्रम आगामी आइतबार झापामा हुने बताइएको छ ।

क्रमश ः बालबालिका बलत्कार बढी भएका क्षेत्रहरुमा सडक वहस निरन्तर गरीरहने अभियान्ता सुवेदीले जानकारी दिनु भएको छ । प्रत्येकले आफ्नो हक आफैले खोज्न सक्ने बनाउने उद्देश्यका साथ सडक वहस कार्यक्रम गत २०७० सालबाट निरन्तर गर्दै आइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार