चाडपर्व लक्षित सुरक्षा : झापामा ८ सय ३७ जना प्रहरी परिचालन

झापा : दशैं, तिहार लगायत ठुला चाडपर्वलाई लक्षित गरी झापामा सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले झापामा विशेष सुरक्षा योजना बनाई लागु गरेको हो ।

झापामा चाडपर्वमा शान्ति सुरक्षालाई भरपर्दो बनाउन ६२ वटा प्रहरी इकाईबाट १ सय ६९ स्थानमा ८ सय ३७ जना प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चाडपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै चार स्थानमा ७० जना रिजर्भ, स्टाईकिङ्गमा पन्ध्र, २३ स्थानमा मोबाइल गस्ती, पाँच स्थानमा अनुगमन गस्ति, ४५ वटा मोटरसाईकल गस्ती र एघार स्थानमा हुने पैदल गस्तीमा ५५ जना प्रहरी परिचालन गरिएको छ ।

बैङ्क र बित्तिय संस्था, मुख्य बजार क्षेत्रमा निगरानी र अनुगमन, बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन गर्नुका साथै कुनै अप्रिय घटना हुन नदिन प्रहरीलाई चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

त्यस्तै, सीमावर्ती क्षेत्रबाट हुने अपराधिक गतिविधिलाई निष्तेज पार्नका लागि सीमावर्ती क्षेत्रमा पनि गस्तीलाई २४ सैं घण्टा परिचालन गरिएको छ । सीमा नाकाबाट हुने चोरीतस्करी, अवैध ओसारपसार र आपराधिक गतिविधी रोक्न भारतीय सुरक्षाकर्मीसँग आवश्यक छलफल, सहकार्य र समन्वय गरिएको प्रहरी उपरीक्षक ढकालले बताए।

अपराधिक क्रियाकलाप माथि नियन्त्रण गर्ने उद्देश्यबाट प्रहरी अहोरात्र खटेकाले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनेमा प्रहरीको प्रतिबद्धता छ । चाडपर्वमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएकोले कुनै पनि किसिमको चिन्ता नलिन र सुरक्षा व्यवस्थाप्रति सबैलाई विश्वस्त हुन पनि प्रहरीको आग्रह छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार