स्काउटरको ३ नम्बर क्षेत्रीय भेला सम्पन्‍न

इलाम : नेपाल स्काउट इलाम क्षेत्र नम्बर ३ को भेला इलाम नगरपालिकास्थित अमर माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

स्काउट क्षेत्र नम्बर ३ का संयोजक अर्जुन शर्माको अध्यक्षता र स्काउटका जिल्ला आयुक्त कृष्णकुमार घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका १८ जना स्काउटर शिक्षकहरुको सहभागिता रहेको थियो ।

भेलामा स्काउट संचालन, नवीकरण, दशैंतिहार र छठपर्वको शुभकामना आदानप्रदान सहित गत भदौमा संचालित तालिमका सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

भेलाले सबै विद्यालयहरुमा स्काउटलाई निरन्तर सञ्चालन गर्ने, दिक्षान्त गर्न बाँकी विद्यालयहरुमा चाँडै गर्ने, मंसीर २१ र २२ गते क्षेत्रीय क्याम्प नेपालटार माविमा सञ्चालन गर्नेलगमयतको निर्णय गरेको छ । क्याम्प सञ्चालनका लागि नेपालटार माविका प्रधानाध्यापक गोपाल कट्टेल संयोजकत्वमा ७ सदस्यीय क्षेत्रीय क्याम्प सञ्चालन समिति समेत गठन गरिएको छ ।

कार्यक्रमको संचालन अमर माविका स्काउटर शिक्षक प्रेम सुब्बाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार