रोङमा निःशुल्क स्वास्थ्य शिविर

  गोबिन्द पौडेल
0 Shares

रोङ : इलामको रोङ गाउँपालिका वडा नम्बर १ को जुरेभन्ज्याङ्गमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रोङ गाउँपालिका वडा नं १ को आयोजना र रोङ स्वास्थ्य शाखाको रोङ स्वास्थ्य जनजागरण अभियान अन्तरगत आयोजना भएको शिविरमा महिलाहरुको सबै रोगको पहिचान र उपचार, आँखाको परिक्षण, प्रयोगशाला सेवा, जेनेरल फिजीसियन सेवा, निशुल्क औषधि वितरण र परामर्ष सेवा उपलब्ध गराइएको थियो ।

शिविरमा डा. सुधिर शाह र डा. आशिष झा लगायतको टोलीले सेवा ग्राहीहरुलाई सेवा दिएका थिए । दुई सय सेवा ग्राहीहरुलाई सेवा दिने लक्ष्य रहेको सो शिविरमा दुइ सय १३ लाई सेवा प्रदान गरिएको रोङ स्वास्थ्य शाखा प्रमुख नगेन्द्र देवले बताए । जसमध्ये ८५ जनाको आँखा जाँच, ५० जनाको भीआइए टेस्ट, २० जनालाई नरोप्लान्ट सेवा र ९० जनाको विभिन्न ल्याव टेस्ट गरिएकोमा जटिल प्रकारको रोगी कुनै फेला नपरेको प्रमुख देबले बताए ।

रोङको सबै वडाहरुमा संचालन गरिने यस्तो शिविर आईतबार रोङ २ को बरफल्याङ्गमा संचालन गरिने रोङ २ का वडाध्यक्ष टेक बहादुर तामाङ्गले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार