निर्मलाका आमाबुवासँग प्रधानमन्त्रीले भने– दोषी जो भए पनि कारवाही हुन्छ

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्या छानविनका लागि खटिएका सुरक्षाकर्मीप्रति नै अविश्वास व्यक्त गरेका छन् ।

आज आफ्नै निवास बालुवाटारमा निर्मलाका बाबु–आमासँगको भेटमा उनले स्थानीय सुरक्षा निकायको छानविन त्रुटीपूर्ण भएकाले केहीलाई निलम्बन गरिएको र नयाँ छानविन समिति बनाएर अनुसन्धान थालिएको प्रष्ट पारे । उनले प्रहरीको व्यवहार त्रुटिपूर्णमात्र नभइ बदमासीपूर्ण भएको पनि बताए ।

स्थानीय सुरक्षाकर्मीबाट त्रुटीपूर्ण काम भएको र माथिबाट दिएको निर्देशन भने बदमासीपूर्ण हो कि भन्ने आफूलाई शंका लागेको उनको भनाइ थियो । दोषी जो भए पनि कारवाही हुने उनले प्रष्ट पारे ।

जघन्य अपराधमा कसैलाई बचाउने भन्ने प्रश्न नै नरहेको भन्दै प्रधानमन्त्री ओलीले छानविन भइरहेकाले अपराधी नउम्कियोस् र निर्दोषले सजाय नपाओस् भनेर सरकार सचेत रहेको पनि प्रष्ट पारे ।

उनले सबै प्रमाण नष्ट नभएकाले अपराधी पत्ता लगाएरै छाड्ने प्रतिबद्धता दोहो¥याए । दोषी पत्ता नलागेर अपराधीले छुट पाए राज्य कमजोर भइ अपराधीको मनोबल बढ्ने भएकाले सरकार सचेत भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले अपराधी जुनसकै दल र पदमा रहेको भए पनि कानुनी दायरामा ल्याउन आफूले निर्देशन दिएको बताए । उनले जुलुस गरेर घटनालाई उचालेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । ‘कसैले जुलुस गर्दैमा अपराधी पत्ता लगाउनु पर्ने अन्यथा अपराधी पत्ता लगाउनु नपर्ने भन्ने होइन,’ उनले भने ।

प्रधानमनत्री ओलीले छानविन भइरहेकाले हत्यारा पहिचान गर्न ढिलाइ भएको बताए ।

निर्मलाका आमा दुर्गादेवी र बाबु यज्ञराजले भने छोरीको हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै घटनाप्रति सरकार उदासिन भएको आरोप लगाएका थिए । उनीहरुले आफुले न्याय नपाएकाले काठमाडौंसम्म आउनु परेको दुःखेसो पोखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार