बबिता र रोशनी पक्राउ, एसपीका छाेरा र मेयरका भतिजा पक्राउ परेकाे कुरा लुकायाे ?

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : १३ वर्षीया निर्मला पन्त हत्याकाे घटनाबारे एक पछि अर्काे विवरण खुलेपछि प्रहरीले निर्मला किताब लिन गएकाे घरका दिदिबहिनीलार्इ पक्राउ गरेकाे छ ।

वर्ष २२ की दिदि बबिता बम र निर्मलाकी साथी वर्ष १४ कि राेशनी भनिने अाँचल बमलार्इ पक्रेकाे केन्द्रीय प्रहरी प्रवक्ता एवं एसएसपी शैलेश थापा क्षत्रीले हाम्राकुरालार्इ जानकारी दिए । उनले भने, ‘साेधपुछका लागि दुर्इ दिदिबहिनीलार्इ पक्राउ गरिएकाे हाे । अ….. दुर्इजना मात्रै पक्राउ परेका हुन् ।’ कञ्चनपुर प्रहरीले भने याे जानकारी दिन मानेन ।

सीडीअाेले अधिकारकर्मीलार्इ प्रशासनमा अल्झार्इरहेका बेला दिदिबहिनी पक्राउ परेका हुन् । उनीहरूसहित प्रहरीले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छाेरा र नेकपाबाट निर्वाचित भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजालार्इ पनि पक्राउ गरेकाे बतार्इएकाे छ । प्रहरी प्रवक्ता र कञ्चनपुर प्रहरी दुबैले याे कुरा भने लुकाएका छन् ।

यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन । दुई तले घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए । उनीहरुका बुवाआमा दार्चुलामा बस्दथे । निर्मलाको हत्यापछि भने बाबुआमा सोही घरमा आएर बस्दै आएका छन् ।

निर्मला हराएको दिन साउन १० गते अपराह्न पाँच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै यहाँबाट हिँडेको र अम्बा दिएर पठाएको बताएकी थिइन् । तर, घरमा आइन त भन्दा बबिताले ‘पोइल गइहोला’ भन्ने जवाफ फर्काएकी थिइन् ।

भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेको पीडित परिवारको दाबी छ ।

दुवै दिदी बहिनीको पोलीग्राफ परीक्षण गर्ने प्रहरीले बताए पनि अहिलेसम्म उनीहरुमाथि अनुसन्धान भएको थिएन ।

दुई जना मात्रै बस्दै आएको उक्त घरमा बम दिदी बहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको भनाइ छ ।

प्रहरीले यही विषयमा बुझ्नका लागि उनीहरुलाई पक्राउ गरेको हो ।

swadeshnepal बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार