चुलाचुली : इलामको चुलाचुली गाँउपालिकामा खोलाले बगाएर एक छात्राको ज्यान गएको छ । विद्यालय जाने क्रममा इलाम माङसेबुङ गाँउपालीका ६ की ११ वर्षीया एलिना राईको ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
चुलाचुलीमा आफन्तको घरमा बसोबास गर्दै आएकी उनको विद्यालय जाने क्रममा खोलाले बगाएको हो । स्थानिय सूर्योदय आधारभुत विद्यालयमा कक्षा २ मा अध्यनरत रहेकी थिईन् ।
खोलाले बगाएको २ घण्टा पछि उनको शव भेटीएको प्रहरी चौकी पेल्टिमारिका प्रहरी नायब निरीक्षक देवराज केसीले जानकारी दिएका छन् ।