नयाँबजार क्षेत्र कालोपत्रे हुने

नयाँ बुलन्द

माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिका नयाँबजारको बजारक्षेत्र कालोपत्रे हुने निश्चत भएको छ ।

बिहीबार माईजोगमाईको केन्द्र नयाँबजारमा उक्त बजार कालोपत्रे सम्बन्धी सर्वपक्षीय भेला समेत सम्पन्न भएको छ माईजोगमाई गाउँपालिकाको १ करोड १० लाख रूपैयाँको लागतमा बजारक्षेत्र कालोपत्रे हुन लागेको हो ।

आगमी दिनमा फिक्कल-गुप्ती-नयाँबजार सडक खण्ड समेत कालोपत्रे हुने र त्यसको लागी प्रकृया सुरू भइसकेको गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए । कार्यक्रम वाड नम्बर १ का अध्यक्ष यामकुमार कार्कीको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा माईजोगमाई गाउँपालिका उपाध्यक्ष सावित्रा भट्टराई, प्रमुख प्रसासकीय अधिकृत चन्द्रप्रकास बस्नेत, स्थानीयबासी, बजार ब्यवस्थापन समिति, वुद्धिजीवि लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार