पुत्का लोपहुने अवस्थामा

गोबिन्द पौडेल

इलााम : कतैबाट पनि संरक्षणको प्रयास नभएको कारण दुर्लभ प्रजातीको मौरी पुत्का लोपहुने अवस्थामा पुगेको छ ।

भूसुना जत्रै आकारमा हुने बहुगुणी औषधि रुपमा मह र टुट्टीको प्रयोग गरिने यस प्रजातीको मौरी हालसम्म कतैपनि आधुनिक घारमा नपालीका र जंगलको रुखको प्वालमा बस्ने भएको कारण रुखनै काटेर घरमा राखेर पालिने गरेको छ । जसको कारणले पनि हालसम्म मौरीको जस्तो गरेर गोला छुट्टाएर नया घारको बिकाश गर्न नसकिने भएको कारणले पुत्का लोप हुने लागेको हो ।

कछाड र सामान्य तापक्रम रहने स्थानमा बस्न रुचाउने पुत्का अन्य मोरी जस्तो आक्रामक भने हुदैन यदि यसलाइ रिस उठेमा मानिसको टाउकाकबो कपालमा पसेर कपाल टुक्रइदिने र शत्रुहरुबाट बच्न यसले घारबाट दुइ तीन मिटर सम्म लामो डोरी आकारको टुट्टी बनाएर त्यहिबाट आवात जावत गर्ने भएकोले यसको गोला तुरुन्तै भेट्न नसकिन रोङ ६ जिर्मलेका फूर्वा छिरिङ्ग लाप्चाले बताए ।

इलामको जिर्मले , समाल्बुङ्ग ,इरौटारका एकाध स्थानमा मात्र पाइने पुत्काको मह सनामान्य अमिलो हुने गरेको छ भने एकपटमा अधिक्तम दुइसय मिलि लिटर सम्म मात्र निकाल्न सकिने महको बजार भने उच्च रहेको छ । प्रति लिटरको बीस हजार सम्म बेच्न सकिने गरेका रोङ जिर्मलेका लाल बहादुर लाप्चाले बताए ।

यता इलामको नामाकरण नै लाप्चा भाषामा इ का अर्थ पुत्का र लाम को अर्थ पाइने ठाउँ भएको जिर्मलेका बृद्ध नर बहादुर लाप्चा बताउछन् । यसरी इलामकै पहिचान रहेको पुत्का बिषादीको प्रयोग , वन अतिक्रमण र डढेलोको प्रकोपमा परि अस्तिव्नै संकटमा परेको जिर्मलेका पूर्ण बहादुर लाप्चाको गुनासो रहेको छ ।
फोटो संकटमा पुत्का

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार