जनप्रतिनिधिको कार्यप्रति नागरिक असन्तुष्ट

गोबिन्द पौडेल

हर्कटे : मुलुकले लामो रिक्ततापछि स्थानीय स्तरमा जनप्रतिनिधिहरु पाउँदा जति आशा गरेका थिए, त्यति नै उनीहरुको कार्यप्रति नागरिकहरुको असन्तुष्टि बढ्न थालेको छ ।

राज्यको पुनसंरचनासँगै सिंहदरबारको अधिकार गाउँगाउँसम्म आइपुग्छ भन्ने बुझेका नागरिकहरुले नागरिकहरुको कुनै पनि कुरा जनप्रतिनिधिहरुले नसुन्ने गरेको र जन प्रतिनिधिहरु नागरिकप्रति पुर्वाग्रही बनेको कारण उनीहरुको कार्यप्रति नागरिकहरुले गुनासो गर्न थालेका हुन् ।

केही महिनाअघि पूर्वको हर्कटे बजारमा सडक बिस्तार गर्दा नागरिकहरु स्थानीयबासी र सरोकारवालासँग छलफल नगरी सुर्योदय नगरपालिका र वडा नम्बर ६ ले सडक विस्तार गरेको, सडक विस्तार गर्दा खानेपानीमा समस्या ल्याइदिएको भन्ने गुनासो गरिरहँदा जनप्रतिनिधि र सरोकारवालाको विवाद छताछुल्ल हुँदा नगरपालिकाले प्राविधिक सहितको अनुगमन टोली गठन गरेर उक्त टोलीले आफ्नो प्रतिवेदन समेत नगरपालिकामा बुझाएको थियो ।

यता हर्कटे तारगाउँ सडकको बिस्तारले बिनास ल्याएको र जनजीवन कस्टकर बनाएको भन्दै सुर्याेदय नगरपालिका वडा नम्बर ६ तारगाउँका नागरिकहरुले हस्ताक्षर सहितको एक ज्ञापन पत्र नगरपालिकामा दर्ता गराउँदा समेत केही सुनुवाइ नभएको स्थानिय प्रकास गुरुङ्गले बताए । यता हर्कटे बजारमा हर्कटे तारगाउँ, जिर्मले सडक विस्तार गर्दा केही नागरिकहरुको घर र घरेडीलाइ वडाअध्यक्ष शिवकुमार बस्नेतकै अगुवाईमा क्षति बनाउने प्रयास गरिएको आरोप स्थानीको छ ।

यसैबीच सुर्योदय नगरपालिकाको न्यायिक समितिमा स्थानीय इश्वरी बरालले वडाध्यक्षले पूर्वाग्राही भएर आफ्नो घडेरी क्षति गरिएको भन्ने व्यहोराको निवेदन शुक्रबार मात्रै ४५ नम्बरमा दर्ता गराएका छन् ।

यता नागरिकहरुले आफ्नो गुनासो जनप्रतिनिधि समक्ष राख्दा प्रहरी र प्रसासनको आडमा अनावश्यक दुख दिने गरेको तारगाउँका प्रकाश गुरुङ्गले बताए । नागरिकहरु भने प्रक्रियागत रुपमा नगरपालिकाको न्यायिक समितिमा उजुरी गर्ने तर जनप्रतिनिधि भने केही सुनुवाइ नगरिदिने गरेको गुनासो गर्ने गरेका छन् । यसरी नागरिक र जनप्रतिनिधिहरु मिलेर गाउँ विकासमा लाग्नुपर्ने बेलामा नागरिककै मत पाएर बनेका जनप्रतिनिधिहरु नागरिकहरुसँग सहकार्य गर्दा मुलुक समृद्ध बन्छ कि बन्दैन ? त्यो चाँही सोचनीय बिषय बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार