काठमाडौं : तत्कालीन माओवादीबाट हत्या गरिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका दाजु नुरप्रसाद अधिकारीलाई प्रहरीले सम्पर्कमा ल्याएको छ ।
४ वर्षदेखि परिवारको सम्पर्कमा नरहेका नुरप्रसादलाई आमा गंगामायाको आग्रहमा महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले खोजी गरी आइतबार सम्पर्कमा ल्याएको हो ।
हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् ।
त्यसअनुसार अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा लिएको हो । कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अनसन बसेपछि नुरप्रसाद वेपत्ता भएका थिए ।
अनसनकै क्रममा नन्दप्रसादको निधन भयो । तर, उनी आमाको सम्पर्कमा थिएनन् ।






















































