उपभोक्ताको रोजाई नै विषादी

गोबिन्द पौडेल

रोङ : बिषादी प्रयोगको कारण मानब स्वास्थ्य र वातावरणमा असर परेको भनेर बिज्ञहरुले चिन्ता गरिरहेको भएपनि उपभोक्ताको रोजाइको कारण नै उत्पादकले बिषादीको प्रयोग हुने गरेको पाइएको छ ।

मानिसहरुले नियमित रुपमा प्रयोग गरिने फलफूल र तरकारीमा स्वास्थ्यको लागि घातक मानिने बिषादीहरु प्रयोग हुने गरेको कारण यसले मानिसहरुमा कडाखालको र नसर्ने रोगहरु आउने भएतापनि स्वयं उपभोक्ताहरुले नै बजारमा बिषादी युक्त फलफुल र तरकारी रोज्ने गरेको कारण किसानहरु पनि बिषादी प्रयोग गर्न बाध्य भएका छन् ।

बजारमा बिक्री हुने तरकारी र फलफुलहरु किन्दा उपभोक्ताहरुको रोजाइमा चिल्ला र चमकिलो, किरा नलागेको र सलक्क परेकोमात्र पर्ने भएको कारण किसानहरुले पनि उपभोक्ताहरुकै रोजाइ अनुसार।को उत्पादन बजारमा पुर्याउनको लागि मानव स्वास्थ्यमा असर पुग्ने खालको रासयनिक तत्वहरुको प्रयोग गर्ने गरेका हुन् ।

आजकल बजारमा पाइने बेमौसमी तरकारी र फलफुलहरुमा यस्ता रासयनिक तत्वहरुको बढी प्रयोग हुने गरेको छ । बजारमा पाइने केरा आप लगायतका फलफफुलाइ किसानहरुले र्काबोराइड नामक रासयनिक तत्वहरुको प्रयोग गरि पकाउने गरेका छन् जुन मानव स्वास्थ्यको लागि घातक मानिन्छ भने कतिय ब्यपारीहरुलेनै पनि प्रयोग गर्ने गरेका छन् ।
यसैगरि काँचो टमाटर रासायनिक तत्वका प्रयोग गरेर नै पकाउने र आर्कषक बनाएर राख्ने गरेका छन् जुन उपभौक्तको पहिलो रोजाइमा पर्ने गरेको छ । यसैगरि तरकारी र फलफुलका रोग र किराबाट बचाउन प्रयोगमा प्रतिबन्ध लगाइएका बिषादी र हर्मोनहरु प्रयोग गरिएको हुन्छ ।

कुनैपनि बिषादी प्रयोग गरेको कति अवधी सम्म उपभोग गर्न हुदैन भन्ने किसानहरुलाई थाहा नहुने, मुल्यमा आउने उतारचडाव र उपभोक्तहरुले समेत त्यस्ता बस्तुहरुको पहिचान गर्न नसकेको र बजारमा उक्त बस्तुहरुमा बिषादीको मात्रा छ वा छैन भनेर अनुगमन समेत हुन नसकेको कारण त्यस्ता बिषादीयुक्त वस्तुहरु बजारमा खुल्ला रुपमा बिक्रि हुने गरेको हो ।

उपभोक्ताले पनि किरा नलागेको र चिल्ला तरकारी र फलफुल नै रोज्ने गरेको कारण किसानहरुले रासैनिक मल र बिषादीको प्रयोग गर्ने गरेका बताउँछन् । यस्ता फलफुल र तरकारी कसरी चिन्ने भन्ने बारेमा उपकरणहरुको प्रयोग भएपनि इलाममा भने नरहेको जिल्ला कृषि कार्यलय इलामका पूर्व प्रबिधिक सहायक उद्धप पौडेलले बताए ।

यसरी नै कडा खाले रेड लेबलको बिषदीहरु हाल नेपालमा प्रतिबन्धित रहेको अन्य लेबलका बिषादी प्रयोग गरेका फलफुल र तरकारी उक्त रासयनिक तत्वहरुको प्रयोग गरिएमा सात देखी दश दिन पछिमात्र टिपेर प्रयोग गर्न र बिक्रि बितरण गर्न सल्लाह दिए ।

साथै उपभोक्ताले पनि बजारबाट ल्याएको तरकारी र फलफुललाइ राम्ररी धोएर प्रयोग गरे राम्रो हुने भएपनि बिषादीको प्रयोग अवधी नसकी प्रयोग गरनै नहुने उनको भनाइ छ ।यसरी प्रयोग भएका बिषादीको प्रयोग मानब शरिमा भए त्यसले मृगौला कलेजो लगायतमा असर हुने नपुसकता हुने, मधुमेह क्यान्सर , धाटीको रोग, सन्तानमा सुस्त मनस्थिति हुनको साथै सन्तानमा शारिरिक बिकलंकता जस्ता कडा रोग लाग्ने गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार