रोगले फेरी मासिदैं अलैंची

लोकेन थेवे

माईजोगमाई : विभिन्‍न रोगका कारण अलैंची बगान मासिएको ठाउँमा पुन: भर्लाङ जातको अलैंची सुरु गरेका किसानले ३ वर्षमै पुन रोगले बगान सखाप हुन थालेपछि चिन्तित बनेका छन् । अलैंचीको गानो कुहिने र टुसा उत्पादन नभएर मासिन थालेपछि किसान अलैंची खेतीप्रति निरास हुन थालेका हुन् ।

एक दशक अगाडि इलाम जिल्लामै सबैभन्दा धेरै उत्पादन हुने अलैंची स्याङले र फुर्के रोगका कारण पुरा बगान सखाब भएपनि किसानहरुले पुन: त्यस ठाउँलाई फडानि गरी अलैंची सुरु गरेका थिए ।

‘खोल्सीको कालो सुन’ उपनामले चिनिने अलैंचीलाई खासै स्याहार नगरी रोपेको २ वर्षबाट राम्ररी उत्पादन दिन सुरु गर्छ । गाउँघरमा अलैंची बेचेर मात्र सुन किन्‍न सकिने हुँदा यसलाई गाउँघरको चल्ती भाषामा खोल्सीको सुन भनिने गरेको हो ।

माइजोगमाइ ६ का अलैंची किसान मात्रिका थेवेले यस पटक बिरुवा रोप्‍ने सिजनमा पनि अलैंचीको बिरुवा रोपेनन् । ‘भएको अलैंचीको गानो कुहिएर नयाँ सरा उत्पादन नै भएको छैन के रोप्‍नु’ उनले निरास हुँदै भने । आफूले प्रतिसरा १५ रुपैयाँले किनेर रोपेको र पल दिने बेलामा मर्न थालेपछि अन्य पेसा थाल्ने मनस्तिथिमा पुगेका छन्

केही वर्ष अगाडि अलैंची प्रतिमन १ लाख २० हजारसम्म स्थानी बजारमा भाउ आएपछि महँगो दाममा सरा किनेर सब्जी खेती गर्ने ठाउँ समेत नराखी अलैचीं खेती गरेका माइजोगमाइ ६ का भिम थेबे अहिले निरास छ्न् । उत्पादन घट्दै जाँदा भाउ झन बड्नु पर्ने बेलामा अलैंचीको बजार भाउ दिनप्रतिदिन ओरालो लागिरहेको छ । अहिले स्थानीय बजारमा अलैंचीको भाउ प्रतिमन २९ हजार रहेको छ ।

अलैंची खेतीले वर्सेनि घरखर्च सजिलै टार्ने र वर्षदिनको घरखर्च विश्वासले साहुले घरसम्मै ल्याइदिने हुँदा पहिले अलैंची खेतीप्रति उत्साहित भएर लागेका किसानहरु  यो व्यवसाय छोडेर अन्य पेसा अँगाल्‍न बाध्य भएका छन् । केही महिना अगाडि हाँगेथाम ढप कृषि कृषक समूहमा रहेर अलैंची खेती सम्बन्धी तालिम लिएपनि यो व्यवहारिकरण नहुने देखिएको बताउँछ्न्  ।

सन्दकपुर ५ का इन्द्र गुरुङले ३ वर्ष पहिले प्रतिसरा १७ रुपैयाँले माइजोगमाइबाट लगेर रोपेको अलैंची यसपटक फल दिएको छ । तर फलसँगै गानो कुहिन थालेको र आगामी वर्ष फल्ने सरा उत्पादन नभएको बताउँछ्न् । उनले आफ्नो मात्र होइन,  छिमेकीको घरबारी गएर हेर्दा आफ्नो जस्तै देखेपछि यो पेसा छोड्न लागेको नयाँ बुलन्द डटकमलाई बताए ।

विगत वर्षमा अलैंची खेतीले नै स्थानीय गाउँहरुमा आर्थिक अवस्था मजबुद बनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार