सुर्योदय रेडलेवल विषादी मुक्त

सुर्योदय  : रसायनिक विषादीले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको, कृषि उत्पादन र खेती प्रणालीमा कु–प्रभाव परेको भन्दै बुधबार सुर्योदय नगरपालिकालाई रेड लेवल विषादी मुक्त क्षेत्र घोषाण गरिएको छ ।

नगरपालिकाले स्वच्छ कृषि वस्तु उत्पादन, दिगो खेती प्रणालीको संरक्षण गर्न प्राकृतिक सन्तुलन कायम गर्न, मानव स्वास्थ्य तथा पारिस्थितिक प्रणाली बचाउन सूर्योदय नगरपालिकालाई रेड लेवल र निषेधित विषादी मुक्त नगर घोषणा गरेको उप मेयर दुर्गा देवि भट्टराईले बताइन् ।
रसायनिक विषादीले माटो, पर्यावरण र कृषि प्रणालीलाई नकारात्मक प्रभाव परेकाले कार्यान्वायनमा सहयोग गर्न मेयर रणबहादुर राईले आग्रह गरे ।

नगरपालिकाले अभियान शुरुभएसगै विद्यालय आधारित प्रशिक्षण कार्यक्रम,प्रतिबन्धित विषादीहरुको सूचीकरण÷ सार्वजनिक स्थानमा प्रदर्शन, विषादी नियन्त्रणका लागि सूचना संयन्त्रको निर्माण गर्ने मेयर राईले बताए ।
नगरपालिकाको आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले सीमाक्षेत्रका नाकाहरुमा कडा निगरानी गरिनेछ भने सबै प्रकारका अनुगमन प्रक्रियाहरुलाई तीव्रता दिइने बताए ।

उपमेयर भट्टराईले विकल्प सहित ३ वर्षमा पहे“लो र निलो लेवलका रसायनिक विषादीमुक्त नगर निर्माण गर्ने बताए ।
एक नम्बर प्रदेशका प्रदेश सभा सदस्य काजीमान कागतेले विषादीले ल्याउने दिर्घकालीन समस्या समाधानका लागि समयमै सचेत रहन नगरपालिकाले महत्वपुर्ण नागरिकका लागि महत्वपुर्ण काम गरेको बताए । उनले विषादीको व्यपार रोक्न विशेष पहल आबश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार