ब्रेक फेल भएर खोलामा खस्यो ट्रयाक्टर, एकजनाको मृत्यु

सोलुखुम्बु : सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–३ बोल्दोमा ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ट्रयाक्टरमा मजदुरी गर्दै आएका स्थानीय २२ वर्षीय जीवन तामाङ छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी ७ बजे बोल्दोबाट ढुङ्गा लिएर सल्लेरीतर्फ जाँदै गरेको ट्रयाक्टर सडकबाट अन्दाजी ६५ मिटर तल खोलामा खसेको थियो । ट्रयाक्टर खोलामा डुबेको र चालकलार्इ नियन्त्रणमा लिएको प्रहरी चौकी तामाखानीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार