शान्ताको सफलता

नयाँ बुलन्द

इलाम : ससाना लालाबालासहित सिलाई पेशाले मात्र घर धान्न कम मुस्किल थिएन मोहन र शान्ता लावरलाई । दिनरात मेहनत गर्दा पनि खान लाउन पग्दो नभएपछि झापाबाट लोहार परिवार पहाड बसाई उक्लियो । सुखी संसार खोज्दै तराई झर्ने परम्परा विपरित लोहर परिवार सदरमुकाम छेउको बिब्ल्या“टे बजारमा दुःख भुलाउन थालेको ठ्याक्कै १० वर्ष बितेछ ।

पुरानै पेशाले मात्र नथेगेर लावर परिवारले विकल्प खोज्यो । तर लगानी गर्ने रकम नहुदा निराश भएको अवस्थामा उनीहरुले साहारा पाए जीवन विकासको । श्रीमान् मोहन कपडा सिलाउने र श्रीमती शान्ता सानो घुम्ती खोलेर फलफूल बेच्न उपाय खोज्दा उनीहरुको विउ पूजी थियो जीवन विकासले दिएको १० हजार रुपैया“ ऋण ।

समस्याले सा“च्चै गा“जेका लावर परिवारले त्यही १० हजारवाट व्यसाय सुरु गर्दा धेरैलाई उनीहरु सफल हुन्छन भन्ने विश्वासै थिएन । तर नियमित लगनका कारण उनीहरुले जीवन विकासमा नियमित किस्ता बुझाउन सफल रहे र ऋण पनि थप्दै लगे । १० हजार वाट २० हु“दै त्यही औषतमा उनीहरुले कारोबार पनि बढाए । राम्रो कारोबार गरेकाले अहिले जीवन विकासले उनीहरुलाई ३ लाख रुपैया“ ऋण दिएको छ । १० हजार वाट थालेको व्यवसाय बढाएर ३ लाख भन्दा धेरै लगानी पुर्याएका छन् ।

‘उति बेला यति रकम पत्याउने पनि कोही भएन,’ ग्राहकलाई आँप बेच्न व्यस्त शान्ताले भनिन्, ‘जुन वेला जीवन विकास आयो त्यहि दिनवाट सन्तष्टि मिलेको छ ।’ जीवन विकासले २०६७ मा विव्ल्या“टेमा शाखा खालेदेखि नै उनीहरु नियमित कारोबारमा छन् । यहि आएर वोर्डिङ स्कुलमार्फत एक छोराले एसइइ गरे भने छोरी कक्षा ९ मा पढ्दै छिन् । उनीहरुले राजमार्ग नजिकै ५ आना जग्गा पनि किनेका छन् । ‘जति भए पनि कस्लाई पो पुगेको छ र,’ मोहन भन्छन्, ‘तर दिनभर मेहनेत गर्दा पेटमा मा“ड हालेर निश्चिन्त निदाउन भने पुगेको छ । यसको कारण भनेको जीवन विकास नै हो ।’

सुरुमा यो वजारमा फलफूलव पसल खोल्ने उनीहरु एक्ला थिए । अहिले आधा दर्जन प्रतिष्पर्धी पुगेका छन् । तर पनि नियमित सेवा दिएका उनीहरुको फलफूलको विक्री घटेको छैन । छोराका विहेदान समेत गरेका लावर परिवार अव वचत गरेर सानोतिनो घर ठड्याउने ध्याउन्नमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार