इस्कुसको खेती ः मुन्टादेखी जरै बिक्रि

गोबिन्द पौडेल

रोङ : इलाममा स्कुस खेती आम्दामीको दरीलो श्रोत बन्न थालेको छ ।
मुन्टा ,फल र जरा समेत बिक्ने भएपछि यसको खेतीमा किसानाहरुको आर्कषण बढेको हो । इलामको प्राय सबै भागमा हुने स्कुसको खेती इलामको समाल्बुङ्ग , कन्याम ,कोल्बुग ,जिर्मले लगायतको गाउहरुमा ब्यवसायिक रुपले खेती हुदै आएको छ । इलामे किसानहरुको प्रायसो घु¥यानमा तरकारीको लागी रोपीएको इस्कुस कुनै स्थानमा फल,कुनै स्थानमा तरुल र कुनै स्थानमा मुन्टा बेच्ने प्रयोजनको लागी किसानहरुले रोपेका पाइन्छ , तर आजकल बजारमा मुन्टादेखी जरा (तरुल )कि बेच्ने प्रयोजनको लागी खेती गरेर राम्रो आम्दामी गदै आएका छन् ।

बहु बर्षे बालीमा पर्ने स्कुस चैत्रबाट मुन्टा टिपेर भदौसम्म मुन्टानै बेचीने, असोज कार्तिक र मंसिरमा दाना र माघ फागुन तिर तरुल निकालेर बेचीने कारण फाइदै फाइदा रहेको किसानहरु बताउछन् । आजभोली इलामको रोङ ६ जिर्मले बाटहप्तामा एकहजार मुठा मुन्टा झापाको बिभिन्न बजार र भारतीय बजारमा लगीने गरेको छ । जती टिप्यो उतीनै फस्टाएर आउने स्कुसको मुन्टा हप्तामा दुइ पटक टिपीने र चार सय मुटा सम्म हुने गरेको रोङ छ का किसान बम बहादुर राइले बताए । यहा उत्पादित मुन्टा ब्यपारीले संकलन गरि झापाको चारआली , बिर्तामोड काकडभिट्टा र भारतको नक्सालबाढी सम्म लैजाने गरेका छन् ।

घरमै प्रति मुठा रु दश देखी पन्ध्र रुपैया सम्ममा बिक्रि हुने गरेको मुन्टा रोङमा अत्याधिक उत्पादन हुने गरेको छ । झापाको बजारमा हेर्ने हो भने असी प्रतिसत आपूतीरोङ ६ बाट हुने गरेको ब्यपारी राम कुमार राइ बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार