अशोक लिम्बु इलामे
सुर्योदय : इलामको सुर्योदय नगरपालिका वडा नम्बर ८ मा तिन दिने बेमौसमी सब्जी खेती तालिम सम्पन्न भएको छ ।
वडाको बिनियोजित बजेट र अजम्बरी कृषी समुहको आयोजनामा तालिम २०७५-०३-०५ देखि वडा कार्यालयमा संचालित उक्त तालिमको हिजो एक कार्यक्रम गरि सम्पन्न भएको हो ।
कार्यक्रम संस्थाको अध्यक्ष मिलन नेपालको अध्यक्षतामा र वडा सदस्य रमेश प्रधानको प्रमुख आथित्यता साथै वडा सदस्य द्वय सबिना नेपाल , लाल बहादुर तामाङ र कार्यालयका कम्प्युटर अपरेटर अशोक लिम्बुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा संस्थाका सचीवले स्वागत मन्त्यब्य राखेका थिए ।
तालिममा सहभागी ६१ मध्ये एक महिला एक पुरुष र कम्प्युटर अपरेटर साथै वडा सदस्य प्रमुख, अथिती लगायतले मन्तव्य राखेका थिए ।
उक्त तिन दिने सम्म को तालिम को सहजीकरण फिक्कल कृशी सेवा केन्द्र का प्रशिक्षक नागेन्द्र तामाङले गरे भने कार्यक्रम अनिश याख्खाले सन्चालन गरेका थिए।