ताप्लेजुङ : पूर्वी नेपालमा बुधबार बिहान ६ मिनेटको अन्तरमा दुई वटा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरत कोइरालाका अनुसार बिहान ९ बजेर ५४ मिनेटमा ४ दशमलव ८ र १० बजे ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो।
दुवै भूकम्प ताप्लेजुङ जिल्लाको पूर्वी भागस्थित सिदिङ्वा गाउँपालिकाको सादेवा केन्द्र बनाएर गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यो धक्का अघिल्ला भूकम्पहरूको परकम्प नभई नयाँ भूकम्प भएको कोइरालाले जानकारी दिए।
ताप्लेजुङमा गत बैसाख २२ गते बेलुका ८ बजेर २२ मिनेटमा पनि ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।






















































