अपराधिक घटना कम गर्न इलाममा टोल टोलमा प्रहरी कार्यक्रम सुरु गरिने

सुजता सुनुवार

इलाम : अपराधिक घटना कम गर्न इलाममा टोल – टोलमा प्रहरी कार्यक्रम सुरु गरिने भएको छ । जिल्लामा रहेका १० स्थानिय तहमध्ये इलाम नगरपालिकाबाट कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

इलाम नगरपालिकामा रहेका १२ वटा वडामा टोल–टोलमा प्रहरी कार्यक्रम अन्तरगत २३ वटा स्थान तोकिएका छन् । नगरपालिकाका सबै वडाका अध्यक्षहरु र सामुदायिक सेवा केन्द्र इलामका पदाधिकारी सहित प्रहरीबिचको सहकार्यमा छनौट गरिएको प्रति टोलमा एक जना प्रहरी कर्मचारी रहने स्थान छनौट गरिएको हो ।

जसमा प्रहरी चौकी रक्से इलामले चार , अस्थाई प्रहरी पोष्ट बिव्ल्याटे चार , अस्थाई नगर प्रहरी चौक चार , प्रहरी चौकी गोलाखर्कले तीन स्थानमा प्रहरी कर्मचारी खटेर स्थानिय स्तरमा घटिरहेका घटना कम गर्न निगरानी गर्ने जिल्ला प्रहरी कार्यलय प्रहरी प्रमुख उपरिक्षक माधव प्रसाद श्रेष्ठले बताउनु भयो ।

यस्तै प्रहरी चौकी तीनघरे दुई , प्रहरी चौकी बन्दुके इलाम दुई , सामुदायिक प्रहरी सेवा दुई र प्रहरी चौकी जितपुर र प्रहरी चौकी चिसापानीले एक – एक स्थानमा प्रहरी कर्मचारीलाई टोल – टोलमा खटाइने तय गरिएको छ ।

जिल्लामा चोरी पैठारी , आत्महत्या , अवैध हातहतियार प्रयोग , भन्सार चोरी निकासी , कर्तव्य ज्यान र जबरजस्ती करणी जस्ता घटना बढ्दै गएकाले यसलाई कम गर्न टोल –टोलमा प्रहरी कार्यक्रमले कम गर्ने जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार