गोबिन्द पौडेल
इलाम : रोङ ६ रम्भ्याङमा बस्दै आएका अनाथ तिन दाजुभाइ मध्ये दाजु प्रबिणको लागि महिला बालबालिका कार्यलय इलामले सहयोग गरेको छ ।
कक्षा ८ मा गाउकै श्री सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत प्रबिन र भाइहरुको बारेमा नयाँ बुलन्द र रेडियो बुद्ध बाणी एफएम ९५.७ मेगाहर्चमा समाचार प्रसारण / प्रकासित भएपछि महिला तथा बालबालिका कार्यलयले दुइजोर स्कुल डेस , छाता, जुत्ता , स्बेटर , ब्याग, पाच दर्जन कापी , डटपेन , अन्य स्टेसनरी लगायत करिब १२ हजार बराबरको सामाग्री सहयोग गरेको हो ।
आखाको रोगी समेत रहेका प्रबिनको लागि स्वास्थ्य चौकी फिक्कल आखा उपचार केन्द्रले निशुल्क चस्मा पनि दिएको छ ।आफुहरुले त्यति धेरै सहयोग गर्ने कार्यक्रम नभएको भएपनि बच्चाको पढाइमा कुनै कमि नहोस र भबिष्यमा केही गरेर देखाउने प्रेरणा नै होस भनेर सहयोग गरेको महिला बालबालिका कार्यलय इलामकी प्रमुख राजकुमारी राइले बताईन ।
पढाइमा राम्रै रहेका उनीहरुको बाबुको दूइबर्ष अघि र आमाको पनि ६ महिना अघिनै निधन भएपनि दुइभाइहरुलाइ पालन पोषण गरेर १४ बर्षिय प्रबिन घरमा बसेका छन्। कक्षा ५ मा अध्ययनरत भाइ प्रसन र प्रमोसकोलागि भने संरक्षणको चासो राहसाल अनाथालयले लिएको छ ।
















































