सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान (भिडियो)

 इलाम : विगत ६ वर्ष अघि बाट निर्माण सुरु गरिएको इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सोमबार सफल परीक्षण उडान गरिएको छ ।
विमानस्थलको धावनमार्गमा सबग्रेड कार्य र लेभल परीक्षण काम सम्पन्न भएपछि तारा एयरकोे टुइनेटर 9N-AET विमानले परीक्षण उडान गरेको हो ।

मुख्य क्याप्टेन प्रभाकर घिमिरे र सहचालक संजिव श्रेष्ठ र एअरहोस्टेज सहित को तारा एयरको बिमान काठमाडौं बाट इलाम उडान गरेको हो । काठमाडौं बाट १० ः ५५ मा उडेको विमान बिहान ११ः५७ बजे इलाम सदरमुकामको सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो ।

जहाज बस्नका लागी धावन मार्ग सहज रहेकाले सफल उडान परीक्षण भएको चालक संजिव श्रेष्ठ बताउनुभयो । वहाँका अनुसार रन वे कालेपत्रे वा ग्राभल गरेर टाबर निर्माण गरे नियमित उडान गर्न सकिने स्थान रहेको बताउनुभयो ।

७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो । समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त भएको बताइएको छ । यो बिमानस्थलले पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जि्लिङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने ठानिएको छ ।

 (भिडियो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार