साग खाँदा ५ जनाको मृत्यु

काठमाडौं : अमेरिकामा सलादको साग खाँदा पाँच जनाको मृत्यु भएको छ । सलादमा राखिने लेटस सागमा भेटिएको ई–कोली किटाणुको कारण उनीहरुको मृत्यु भएको जनाइएको छ ।

३५ वटा राज्यमा १ सय ९७ मानिसमा सो ई–कोलीको संक्रमण देखिएको छ । रोग नियन्त्रण एवं निवारण केन्द्रले गत साता मात्रै २५ जना नयाँ विरामी भेटिएको उल्लेख गरेको छ ।

अर्कान्सास, क्यालिफोर्निया, मिनिसोटा, न्युर्याेकमा विरामी भेटिएकाले सर्तक हुन आग्रह गरिएको छ ।

सन् २००६ मा पनि लेटसका कारण फैलिएको ई–कोलीका कारण २ सय जना विरामी भेटिएका थिए । एरिजोनाको युमामा फल्ने रोमेन लेटसबाट ई–कोली फैलिएको आंशका गरिएको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार