पाँच दिने उद्घोषण तथा भाषणकला तालीम सम्पन्न

इलाम : सुर्योदय नगरपालिका २ बौद्धधाममा संचालन भएको पाँच दिवसीय उद्घोषण तथा भाषणकला तालीम सम्पन्न भएको छ ।

श्री महिला पशुपति कृषि बहुउदेश्य सहकारी संस्था लिमिटेटको आयोजनामा भएको तालीममा सहकारीमा आबद्ध ३५ जना महिलाहरु सहभागी भएका थिए । महिलाहरुको बोल्ने सीप विकास गर्न र दक्ष उद्घोषक उत्पादन गर्ने उदेश्यले तालीमको आयोजना गरिएको संस्थाको व्यवस्थापक कल्पना तामाङले जानकारी दिनुभयो ।

तालीमको समापन कार्यक्रममा बोल्दै सहभागी तालीमले बोल्ने सीप प्रधान गरेको र थप आत्मा विश्वास बढेको बताएका छन । हरेक व्यक्तिमा वाकशक्ति निहित भएतापनि बोल्दा सिलसिला मिलाएर बोल्न सक्ने आत्माविश्वास तालीमले प्रदान गर्ने सहजकर्ता सविता पाण्डेले बताउनुभयो ।

समापन कार्यक्रमका प्रमुख अतिथि सुर्योदय नगरपालिकाका उपमेयर दुर्गा देवी भट्टराईले उद्घोषण तथा भाषणकला तालीम जीवन उपयोगी सीप भएको र समय सान्र्दभिक भएको भन्दै महिलाहरुको लागि यस्तो तालीम जरुरी रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य ज्याजीमा तामाङ , महिला उत्थान समिति अध्यक्ष निर्मला प्रधान , संस्थाकी उपाध्यक्ष सावित्री सिवा लगायतले मन्तव्य राखेका थिए । समापन कार्यक्रम संस्थाको अध्यक्ष झुना तामाङको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार