संघीय विद्यार्थी युनियनको संघीय अध्यक्षमा चोङबाङ र प्रान्तीय अध्यक्षमा माबो निर्वाचित

नयाँ बुलन्द

धरान : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍चको विद्यार्थी संगठन संघीय विद्यार्थी युनियन नेपालको तेस्रो महाधिवेशन सम्पन्न भएको छ ।

सुनसरीको धरानमा मंगलबार सम्पन्न अधिवेशनले संघीय विद्यार्थी युनियनको २१ सदस्यीय संघीय कार्यसमिति र २३ सदस्यीय प्रान्तीय कार्यसमिति निर्वाचित गरेको छ ।

संघीय विद्यार्थी युनियन संघीय कार्यसमितीको अध्यक्षमा सेसेहाङ चोङ्बाङ निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा सर्मिला फत्र, राजेस इङ्वाहाङ तथा रुपक खड्का (बझाङ/खसान प्रान्त) र महासचिवमा सुबास खुदाङ निर्वाचित भएका छन् ।

उपमहासचिवहरुमा मोहन माबो, असुतोस नारायण साह (मधेस प्रान्त), बिरेन्द्र रोकाय (खसान प्रान्त), संगठन सचिवमा बिनम वनेम, प्रशिक्षण तथा शैक्षिक सचिवमा दिलकुमार नेम्बाङ र जनसम्पर्क सचिवमा कबिन्द्र खाती निर्वाचित भएका छन् ।

सदस्यहरुमा देवराज छ्वाल, हिमाल खाती, राजेन्द्र श्रेष्ठ, सन्जयकुमार शाह, डिल्ली लुङ्फुङवा, बिबेक सुनुवार, युदास लामा, नवल खड्का, संग्राम जेठारा  र गुल्सन आङबुहाङ निर्वाचित भएका छन् ।

त्यसैगरी प्रान्तिय कार्य समिती संघीय विद्यार्थी युनियन लिम्बुवानको अध्यक्षमा मोहन माबो निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा उमा चोङ्बाङ, जीवन थलङ,  सन्देश योङ्हाङ,
महासचिवमा मधु केरुङ निर्वाचित भएका छन् ।

सचिवालय सदस्यहरुमा हेमराज इङ्वाहाङ, मेरिना तबेबुङ, महेन्द्र नेम्बाङ, डम्बर इङ्वाहाङ र मनकुमार इधिङगो निर्वाचित भएका छन् ।

सदस्यहरुमा सुस्मा लिम्बू, सन्तोसी लिङ्देन, नजमुल हुसेन, सबिना लिम्बू, जीवन लिम्बू, भावना पतङ्वा, नुमा तुम्सा, खगेन्द्र लिम्बू, हुकुम सेर्मा, मनिता कटुवाल, दिवस लिम्बू, मेलिसा चोङ्बाङ
र टंक थक्लुङ निर्वाचित भएका छन् ।

सोमबार सुरु भएको महाधिवेशनको उद्घाटन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ ले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार