इलाम : नागरिकको प्रहरीसँगको पहुँच सहज बनाउन भन्दै जिल्ला प्रहरी कार्यालय इलामले सूचनामुलक स्टिकर टाँस्न सुरु गरेको छ ।
इलाममा सोमबार एक समारोहको आयोजना गर्दै सो अभियानको उद्घाटन गरिएको हो । नगर क्षेत्रको विभिन्न स्थानमा प्रहरीले सोमबार नै सूचनामुलक स्टिकर टाँस गरेको छ । टाँस गरिएको स्टिकरमा नागरिकलाई कुनै पनि बेलाप्रहरीको आवश्यक्ता परेमा, गाउँघरमाकुनै पनि घटना, दुर्घटना वा अपराध भएको थाहा भएमा अथवा कुनै शंकास्पद गतिविधि देखा परेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न स्टिकर मार्फत अनुरोध गरिएको छ ।
स्टिकरमा जिल्ला प्रहरी कार्यालय इलाम, ट्रफिक प्रहरी इटहरी, संघीय प्रहरी कार्यालय भद्रपुर, प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रहरीको टोल फ्रिनम्बर राखिएकाले कुनै घटना वा समस्या परे नागरिकले स्टिकर हेरी जुनै पनि समयमा प्रहरीलाई खबर गरी सहयोग माग्न सक्ने प्रहरीको दावी छ । जिल्ला प्रहरी कार्यालय इलामले इलामका १० वटै स्थानीय तहमा केहि दिनभित्रै स्टिकर टाँस गरिसक्ने बताएको छ ।
इलाम चोक बजारमा भेला भएका प्रदेशसभा सदस्यहरु धिरेन शर्मा रमण, खिनु लङ्वा, रामबहादुर राना, जिल्ला समन्वय समितिका अध्यक्ष गणेश बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत सहित जिल्लाका सरोकारवालाहरुको टोलीले इलाम बजारमा ¥याली सहित इलाम वजार परिक्रमा गरेको थियो । भर्खरै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट सरुवा भई इलाम आएका एसपी माधवप्रसाद श्रेष्ठ सहित ¥यालीमा इलाम जिल्लाका राजनिति दलका प्रतिनिधि, सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुखहरु तथा प्रहरीहरुको उपस्थिति रहेको थियो ।



















































