इलाम : सुर्योदय नगरपालिका २ बौद्धधाममा पाँच दिने उद्घोषण तथा भाषणकला तालीम आज बाट सुरु भएको छ ।
श्री महिला पशुपति कृषि बहुउदेश्य सहकारी संस्था लिमिटेटको आयोजनामा भएको तालीममा सहकारीमा आबद्ध ३५ बढी महिलाहरुको सहभागीता रहेको छ । महिलाहरुको बोल्ने सीप विकास गर्न र दक्ष उद्घोषक उत्पादन गर्ने उदेश्यले तालीमको आयोजना गरिएको संस्थाको व्यवस्थापक कल्पना तामाङले जानकारी दिइन ।
तालीमको उद्घाटन संस्थाको अध्यक्ष झुना तामाङको अध्यक्षतामा भएको थियो । उदघाटन कार्यक्रममा संस्थाकी उपाध्यक्ष सावित्री सिवा र संस्थाको ऋण समिति संयोजक सीता राईले शुभकामना मनतव्य राखेका थिए । तालीम अवधिभर संचारकर्मी सविता पाण्डेको सहजीकरण रहने छ ।






















































