झापा : कमल गाउँपालिका ५ मा गएराती रोकि राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
मेची राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ पाडाजुँगी चौकमा राती करिब साढे ११ बजे बिग्रेर रोकीएको मे. १ त ४५२८ नम्बरको ट्याक्टर पछाडी को ३३ प. १९५१ नम्बरको मोटरसाइकल ठक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलका चालक मोरङ उर्लाबारी नगरपालिका ८ बस्ने ३१ वर्षका राजु लिम्बु र पछाडी सवार मोरङ पथरी शनिश्चरे ८ बस्ने २५ वर्षीया बिमला लिम्बु रहेका छन ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई दमक स्थित लाईफ लाईन अस्पताल लगिएकोमा अस्पताल पु¥याउनासाथ उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ट्याक्टरका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी कार्यालयमा राखिएको छ ।


















































