बम विस्फोट गराएको आरोपमा झापामा एक महिला पक्राउ

झापा : सुर्योदय यातायात प्रा.लिको बस ग्यारेजमा बम विस्फोट गराएको आरोपमा झापा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेत्रबहादुर चन्द ’विप्लव’ नेतृत्वको नेकपामा आवद्ध मेचीनगर ८ निवासी २६ बर्षीय स्मृति रिजाल रहेको झापा जिल्लाका प्रहरी उपरिक्षक विष्णु केसिले बताए । पक्राउ परेकी रिजाल नेकपा मेचीनगरका न्याय विभाग प्रमुख रहेको प्रहरीको भनाई छ ।

पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखिएको छ । आईतबार विहान करिब ३ बजे मेचीनगरपालिका स्थित सुर्योदय यातायात प्रालिको बस ग्यारेजमा सकेट बम विष्फोट भएको थियो ।

उक्त बमले सुर्योदय यातायात प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नंम्बरको बसमा क्षति पुगेको छ । सोही बसमा विस्फोट गराएको आरोपमा रिजाल पक्राउ गरेको प्रहरीको दबि छ ।

उता दमक नगरपालिकास्थित दमक बस पार्कमा शंकास्पद बस्तु फेला परेको प्रहरीले बताएको छ । सानो गोलो आकारको कालो रंगको शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । बम वा अरु कुनै वस्तु हो, यसका लागि नेपाली सेनाको बम निस्कृय टोली घटना स्थल पठाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार